बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अछाममा लकडाउन थप कडा, सुरक्षा बल परिचालन

मङ्गलबार, २५ चैत २०७६, १२ : ३२
मङ्गलबार, २५ चैत २०७६

–टंक कुँवर
अछाम ।  लकडाउनलाई प्रभावकारी वनाउन अछाममा सुरक्षा बल परिचालन गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा बल परिचालन गरिएको हो । लकडाउन अघि र पछि पनि भारतबाट अछाम फर्किनेको संख्या बढी भएका कारण  सम्भावित जोखिम लाई मध्यनजर गर्दै सुरक्षा बललाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । 

‘कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको अछाम जिल्लालाई भाईरसबाट जोगाउन हरसम्भव प्रयास गरिरहेका छौं’ प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले रातोपाटीलाई जानकारी दिए ।  उनले लकडाउन पछि र अघि ३ हजार नागरिकको अध्यावधि गरिएको बताए । अहिले जिल्लामा बाहिर बाट आएका जम्मा ५३ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा  ६ जना विनायकस्थित क्वारेन्टाइनमा र ९ जना ढकारी क्षेत्रमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका  छन् । बाँकी होम करेन्टाइनमा रहेको पनि उनले बताए ।

 अहिले त्यस्ता गम्भीर प्रक्रितीका विरामी भेटीएका छैनन उनले भने त्यस्ता विरामी भईहाले पनि नजिकैको स्वास्थय संस्था र जिल्ला अस्पतालमा जान सुझाव दिईरहेका छौ । ‘लकडाउनलाई थप प्रभावकारी बनाउन लागिरहेका छौ’ जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक भारतीले जानकारी दिए । बाहिरी जिल्लाबाट प्रवेश गर्ने नागरिकलाई पनि सोधपुछ गरेर मात्र प्रवेश दिने गरेको उनले बताए । जिल्लामा अहिलेसम्मको स्वाब परीक्षण गरिएका ५ जनाको रिपोर्ट नेगेटिभ आएको अछाम वयलपाटा अस्पतालका डा.विकास गौचनले जानकारी दिए ।

उनले बाँकी क्वारेन्टाइनमा बसेकाहरुको आज ३ जना डाक्टरको टोलीले स्वाव परीक्षण गरिरहेको जानकारी दिए । डाक्टरहरु सेनाको हेलिकोप्टरमा बयलपाटा अस्पताल पुगेको उनले बताए  । त्यसैगरी वान्नीगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्र खडकाले गम्भीर प्रकृतिका बिरामीका लागी एम्वुलेन्सको फ्रि सेवा दिएको बताए । उनले नागरिकलाई लकडाउनको पालना गर्न माइकिङबाट आह्वान गरिरहेको समेत बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप