शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थकाइ नमारी निरन्तर खटिदिनुस् : स्वास्थ्यमन्त्री ढकाल

मङ्गलबार, २५ चैत २०७६, १० : ४८
मङ्गलबार, २५ चैत २०७६

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले चिकित्साकर्मीलाई सुरक्षा सामग्रीबिना काम गर्ने वातावरणको अन्त्य गर्ने बताएका छन् । 

विश्व स्वास्थ्य दिवस २०२० को अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै मन्त्री ढकालले सो कुरा बताएका हुन् । 

त्यस अवसरमा उनले कोभिड १९ को महामारीको परिस्थतिमा सम्पूर्ण चिकित्साकर्मीको महत्त्व बढको भन्दै महामारीका रुपमा रहेको कोरोनाविरुद्ध अग्र मोर्चामा रहेर दिएको अमूल्य योगदानको उच्च मूल्यांकन गरेको बताए । यस्तो अवस्थामा खटिने चिकित्साकर्मीलाई बिमा लगायत अतिरिक्त सेवा प्रदान गरेको भन्दै उनले विषम परिस्थितिमा लकडाउनको विकल्प नभएको भन्दै सयमा साथ दिन सवैलाई आाग्रह गरेका छन् । 

हाल नेपाल कोभिड १९ को दोस्रो चराणमा प्रवेश गरेको र अझै थप संक्रमण फैलन निदन आम जनसमुदाय, तीनै तहका सरकार र सरोकारवालाहरुलाई थकाई नमारी निरन्तर खट्न पनि मन्त्री ढकालले अपिल गरेका छन् । 
उनले कोरोना संक्रमित विरामीको उपचार व्यवस्थाका लागि सरकारले देशका विभिन्न स्थानमा अस्पताल र स्वास्थ्यकर्मीको व्यवस्था गरेको र त्यसमा कुनै कमि हुन नदिने प्रतिवद्धता समेत जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप