बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डका स्वास्थ्यमन्त्रीले लकडाउनलाई ‘ब्रेकडाउन’ गरेपछि...

मङ्गलबार, २५ चैत २०७६, ०९ : ५८
मङ्गलबार, २५ चैत २०७६

न्यूजिल्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले देशव्यापी रुपमा लागू गरिएको लकडाउनको नियम तोडेपछि उनको पद घटुवा गरिएको छ ।

‘हिजो साँझ स्वास्थ्यमन्त्रीले लकडाउनका बीच समुद्री तटमा आफूले गरेको भ्रमणबारे जानकारी दिँदै राजीनामा पेश गरे,’ प्रधानमन्त्री जसिन्दा आर्डर्नले बुधबार जारी गरिएको एक वक्तव्यमा बताइन् ।

‘स्थिती सामान्य हुँदा हो त उनी पदच्यूत भइहाल्थे । उनले जे गरे त्यो पक्कै पनि गलत थियो र यसमा कुनै बहानाबाजी स्विकार्य हुँदैनथ्यो । तर अहिलेका लागि मेरो प्राथमिता भनेको मिलिजुली कोभिड–१९ विरुद्धको लडाईं लड्नु हो,’ उनले भनिन् । ‘हामी स्वास्थ्य क्षेत्रमा वा हाम्रो प्रतिक्रियामा अवरोध खडा गर्न सक्दैनौं । यही एउटा, मात्र एउटा कारणका लागि डा. क्लार्कले आफ्नो जिम्मेवारी निर्वाह गर्नेछन्,’ उक्त वक्तव्यमा भनिएको छ ।

उनको मन्त्री पद खोस्नुभन्दा उनलाई ‘असोसिएट फाइनान्स मिनिस्टर’को भूमिकाबाट हटाइनेछ र मन्त्रीपरिषद्को तल्लो तहमा घटुवा गरिने प्रधानमन्त्रीले जानकारी दिइन् ।

‘म उनीबाट राम्रो कामको आशा गर्दछु, त्यस्तै न्यूजिल्याण्डको पनि आशा छ,’ आर्डर्नले भनिन् ।

लकडाउनको ब्रेकडाउनः

एउटा भिन्न वक्तव्यमा क्लार्कले लकडाउन लागू भएको पहिलो हप्तामा आफ्नो परिवारलाई गाडीमा यात्रा गराएर समुद्रको किनारा पुर्याएको जानकारी दिए ।

‘हाम्रो उक्त भ्रमणले स्पष्ट रुपमा लकडाउनको नियम तोडेको छ । लकडाउन लागू गर्दा घरमा नै बस्न, मनोरञ्जनका लागि लामो यात्रा नगर्न आग्रह गरिएको थियो,’ उनले भने ।

‘हामीले न्यूजिल्याण्डका जनतालाई ऐतिहासिक त्याग गरिदिन आग्रह गरिरहेका बेला, मैले भने त्यस्तो काम गरेँ । म मूर्ख भएँ, मानिसहरु मसँग रिसाउनुको कारण म राम्रोसँग बुझ्नसक्छु,’ उनले भने ।

Source: https://edition.cnn.com/world/live-news/coronavirus-pandemic-04-07-20/index.html

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप