केन्द्रीय संस्करण

के हो यस्ता खतरनाक रोगबाट बचाउँने कालो लसुन ?

person explore access_timeचैत २५, २०७६ chat_bubble_outline0

एजेन्सी – सेतो लसुनको फाइदाका बारेमा त हामी सबैलाई थाहा नै छ । लसुनमा अमृत समान गुणहरु हुन्छन् । आयुर्वेदमा उल्लेख भएअनुसार लसुनका कयौं गुणहरु छन् । 

सेतो लसुन मात्रै होइन, कालो लसुन झनै धेरै फाइदाजनक हुन्छ । धेरैलाई कालो लसुनको बारेमा थाहा छैन । कालो लसुन पनि सेतो लसुनकै अर्को रुप हो । कालो लसुन सेतो लसुनलाई नै कालो बनाइने हो । यसले रक्तसञ्चार सन्तुलनमा राख्न, कोलेस्ट्रोल नियन्त्रण गर्न, मुटुसम्बन्धी रोगहरु कम गर्न र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । 

के हो कालो लसुन ? 
कालो लसुन विशेष प्रक्रियाबाट तयार पारिन्छ । लसुनलाई तातो र आद्र्रतायुक्त ठाउँमा राखिन्छ । जुन तापक्रममा लसुन डढ्दैन र यसका एन्जाइहरु टुक्रिन्छन् । जसमा विशेष प्रकारको एन्टी अक्सिडेन्ट्स उत्पादन हुन्छ । यसका साथै, उक्त लसुनमा पोलिफेनास, फ्लेवोनोइड र अल्कलोइड पनि उत्पादन हुन्छ ।

यो लसुनले विभिन्न प्रकारका क्यान्सरहरु रक्त क्यान्सर, पेटको क्यान्सर, पेटको क्यान्सरहरुको उपचारमा प्रयोग गर्ने गरिन्छ । यसका साथै, एलर्जी कम गराउँन, मेटाबोलिज्म बढाउन, कलेजोमा कुनै पनि प्रकारका रोग लाग्न र मस्तिष्क स्वस्थ राख्न सहयोग पुर्याउँछ । 

कालो लसुन निर्माणपछि झनै धेरै फाइदाजनक बन्छ । यो बन्ने क्रममा यसमा एन्टी इन्फ्लामेटरी गुण पनि निर्माण हुन्छ । कालो लसुन नियमित सेवन गरेका शरीरका कुनै पनि अंग सुन्निने समस्या कम हुँदै जान्छ । 

दैनिक खानामा कालो लसुन खाँदा रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ ।  मुटु स्वस्थ राख्न, विभिन्न प्रकारका क्यान्सरको सम्भावित जोखिमबाट बच्न कालो लसुन खाने गर्नुपर्छ । 

 
स्रोतः एबीपी न्यूज 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.