बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरि ‘ए’ मा ३० प्रतिशत तलब कटौती

मङ्गलबार, २५ चैत २०७६, ०९ : १३
मङ्गलबार, २५ चैत २०७६

कोरोना भाईरसका कारण क्बलको आर्थिक संकट टार्न इटालियन क्लबका खेलाडीले ३० प्रतिशत तबल कटौती गर्न सहमति जनाएका छन् ।

सिरि ‘ए’ क्लब र इटालियन प्लेयर्स युनियन (एआईसी) बीच सोमबार बसेको आपत्कालिन बैठकले खेलाडीको तलबमा ३० प्रतिशत कटौती गनै निर्णय गरेको हो । बैठकमा सहभागी भएपनि साविक विजेता युभेन्ट्सले उक्त प्रस्तावमा असहमति जनाएको थियो । युभेन्ट्सले एक साताअघिनै खेलाडीको चार महिनाको तलब कटौती गर्ने निर्णय गरिसकेको थियो ।

 युरोपमा महामारीको रुपमा फैलिएको कोरोनाका कारण इटालीमा ठूलो क्षति पुगेको छ । कोरोनाका कारण इटालियन सिरि ‘ए’ फुटबल अनिश्चित कालका लागि स्थगित भएको छ ।

 बैठकमा सहभागी क्लब र खेलाडीले सिरि ‘ए’ को सिजन पूरा गर्ने सहमति पनि गरेका छन् । जसका लागि अवस्था सामान्य भई सरकारले समेत अनुमिति दिन आवश्यक ठानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप