शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

९ बजे ९ मिनेट बत्ती ननिभाउँदा मुसलमान परिवारमाथि धारिलो हतियारले हमला

मङ्गलबार, २५ चैत २०७६, ०७ : ५४
मङ्गलबार, २५ चैत २०७६

भारतको हरियाणाको जिन्द गाउँमा आइतबार केही मानिसहरुले आफ्नो छिमेकमा बस्ने चार मुसलमान दाजुभाइमाथि धारिलो हतियारले हमला गरेका छन् ।

आइतबार राती प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलमा घरभित्रको बत्ती ननिभाएको र  बाहिर बत्ती नबालेका कारण हिन्दु छिमेकीले चार मुसलमान दाजुभाइमाथि हमला गरेका हुन् ।

हमलामा चार दाजुभाइ– ३६ वर्षका बशीर खान, ३४ वर्षका सादिक खान, ३२ वर्षका नजिर खान र ३० वर्षका सन्दीप खान घाइते भएका छन् । अहिले उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रमुख महानिरिक्षक अश्विन शेन्वीले बीबीसीसँगको कुराकानीमा उनीहरुले चार व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्दै पक्राउ गरिएको जानकारी दिए ।

उनले अहिले घटनाको अनुसन्धान चलिरहेको छ र थप जानकारी पाइने आशा गरेका छन् ।

शुक्रबार मोदीले सबै जनतालाई कोरोनाभाइरस विरुद्धको लडाईंमा एकजुटता देखाउनका लागि आइतबार राती ९ बजे ९ मिनेटसम्म आफ्नो घरको बत्ती निभाएर बालकोनी वा ढोका बाहिर बसेर दियो वा मैनबत्ती बाल्न अनुरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप