शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के ट्रम्पले भारतमाथि कारवाही गर्लान् ?

मङ्गलबार, २५ चैत २०७६, ०७ : २६
मङ्गलबार, २५ चैत २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसको विषयमा आफ्नो ब्रिफिङमा भारतले हाइड्रोक्सीक्लोरोक्विन औषधी निर्यातमा लगाइएको प्रतिबन्ध हटाउँदैन भने अमेरिकाले पनि यसको बदलामा कारवाही गर्ने चेतावनी दिएका छन् ।

यद्यपि, अमेरिकाले भारतमाथि कस्तो प्रकारको कारवाही गर्नेछ, त्यसबारे जानकारी भने दिएका छैनन् ।

आइतबार आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा भारतले यदि अमेरिकालाई हाइड्रोक्सीक्लोरोक्विन औषधी आपूर्ती गर्छ भने यसको निकै प्रशंसा गर्ने बताएको उनले सोमबारको जानकारी दिए ।

यद्यपि, भारतमा यो औषधीको निर्यातमा रोक लगाइएको छ । यो औषधी प्रमुख रुपमा मलेरिया र ल्यूपसका बिरामीका लागि प्रयोग गरिन्छ । अमेरिकामा यो औषधीमार्फत् नै कोरोनाभाइरस संक्रमितको उपचार गरिँदै छ ।

यद्यपि, यो कोरोनाभाइरसको प्रभावकारी औषधी भने होइन ।

Source: https://www.bbc.com/hindi/live/international-52178621

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप