प्रधानमन्त्री ओली र युएईका युवराजबीच टेलिफोन वार्ता, युवराजले गरे नेपालीको प्रशंसा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र युएईका युवराज मोहम्मद बिन जायद अल नाह्यानबीच टेलिफोन वार्ता भएको छ । सोमबार भएको टेलिफोन वार्तामा युएईमा रहेका नेपाली कामदारको पछिल्लो अवस्थाबारे जानकारीबारे छलफल भएको प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले युएईका युवराजसँग कुराकानी गरेको जानकारी दिएका छन् । टेलिफोन वार्तामा युएईका युवराजले नेपाली कामदारहरुको प्रशंसा गर्दै ढुक्क रहन प्रधानमन्त्री ओलीलाई जवाफ दिएका थिए । उनले नेपालीहरुलाई आफ्नै नागरिकसरह व्यवहार गरिरहेको बताएका थिए ।
टेलिफोन वार्ताबारे प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘ूयुएईका युवराजसँग मेरो टेलिफोन संवाद भयो। त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेका जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन्। उनीहरुले युएईको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दछु। ढुक्क रहनुहोस्– नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा