केन्द्रीय संस्करण
कोरोना कैरन– ४

यस्तो दिन पनि आयो

person explore access_timeचैत २५, २०७६ chat_bubble_outline0

 

यो कस्तो समय आयो दूरी नै दबाई भयो
आफ्नै घरछेउको छिमेकी पनि पराई भयो
–ट्विटे सञ्जय पौडेल

०००

कला बिछट्टको जासुस हो । कला बरफबाग, सीआईए वा केजीबी टाइपको कपटकारी र धूर्त जासुस किमार्थ होइन । कला त अन्तर्यामी जासुस हो । कला मर्मस्पर्शी जासुस हो । कला करुणामयी जासुस हो । त्यसो त कला वेदना विरेचनकारी जासुस पनि हो । कला सूक्ष्म संवेदना एवं तीक्ष्ण अन्तरदृष्टिका माध्यमले सुटुक्क मानव हृदयको अन्तस्तलमा प्रवेश गर्छ । र, त्यो अदृश्य जगत‍्मा जे छ– सुख वा दुःख, शान्ति वा तनाव, पट्यार वा मस्ती– त्यसलाई चुम्बकीय शब्दमा उनेर गुणग्राही लोकसामु प्रस्तुत गर्छ । र, त्यसले मानव हृदयको चहर्‍याइरहेको घाउमा समभावको मलम लगाउँछ ।

ट्विटे महलका मेरा नूतन मित्र सञ्जय पौडेलको गजलले मलाई ठ्याक्कै त्यही त गर्‍यो । यसले मलाई प्रेमले मुसार्‍यो र समभावले म्वाई खायो । यसले जीवनको यो सङ्कटमा तँ एक्लो छैनस्, यो विशाल संसारमा तँसँग अरू पनि अनेक छन् भनी मलाई सम्झायो । यो गजल सञ्जय बाबुको प्रत्यक्ष अनुभूतिको अभिव्यक्ति नहुन सक्छ । यो उनले सुनिजानेको वा पढिजानेको सापटी अनुभूतिको नतिजा हुनसक्छ । तर मेरो भने यो खसोखास प्रत्यक्ष अनुभूति हो । प्रत्यक्ष, कष्टकर र बीभत्स अनुभूति । भन्ने भुक्तभोगीलाई भन्न गाह्रो, सुन्ने जिज्ञासुलाई सुन्न गाह्रो । तथापि जसोतसो यो भोगियो र अब यहाँ यो भनिन्छ ।     

बबन्डर गडगडाहटकारी भूकम्पले हाम्रा हंस हल्लाएको पाँच वर्ष भयो । त्यो भयावह प्राकृतिक प्रकोप थियो । हुनलाई यो कोरोना आतङ्क पनि प्राकृतिक प्रकोपै हो । तर जीवनमा यी दुई प्रकोपको असर भने ठ्याक्कै उल्टो भयो । भूकम्पले घरभित्रका मानिसहरुलाई लखेट्दै बाहिर निकालेर खुला डबलीमा भेट गरायो । डबलीमा तिनका देह नजिक भए, तिनका मन नजिक भए । र, बाँचे सँगै, मरे सँगै भन्ने भावना तिनका भयाक्रान्त चित्तमा पैदा भयो । तर विशाल हिमाल नाघेर जब कोरोना आतङ्क आइलाग्यो, यसले मानिसहरुलाई लखेट्दै घरभित्र हुल्यो । आखेटमा परेको निरीह मानिस आफ्नै घरमा वा अस्पतालमा थुनियो । अलि नरम थुनाको नाम भयो क्वारेन्टाइन, अलि कडा थुनाको नाम भयो आइसोलेसन उर्फ एकान्तवास । भूकम्पीय प्रकोपले मानिसहरुमाझ समभाव, प्रेम र सहयोगको भावना सञ्चार गरेको थियो । कोरोनाजन्य प्रकोपले मानिसहरुमाझ दुर्भाव, घृणा र असहयोगको भावना सञ्चार गर्‍यो । भूकम्पले निकटताको सिर्जना गरेको थियो, कोरोनाले दूरीको सिर्जना गर्‍यो । यो भन्न खोज्दा त्यसैत्यसै अत्यास लाग्ने कथा हो । स्व–क्वारेन्टाइनकालमा यो क्रूर कथाले मलाई झण्डै निनिलेको ! भाग्यवश भनूँ, लोकलाई यो कथा सुनाउन म बाँचेर निस्केँ ।


विशाल हिमाल नाघेर जब कोरोना आतङ्क आइलाग्यो, यसले मानिसहरुलाई लखेट्दै घरभित्र हुल्यो । आखेटमा परेको निरीह मानिस आफ्नै घरमा वा अस्पतालमा थुनियो । अलि नरम थुनाको नाम भयो क्वारेन्टाइन, अलि कडा थुनाको नाम भयो आइसोलेसन उर्फ एकान्तवास । भूकम्पीय प्रकोपले मानिसहरुमाझ समभाव, प्रेम र सहयोगको भावना सञ्चार गरेको थियो । कोरोनाजन्य प्रकोपले मानिसहरुमाझ दुर्भाव, घृणा र असहयोगको भावना सञ्चार गर्‍यो । भूकम्पले निकटताको सिर्जना गरेको थियो, कोरोनाले दूरीको सिर्जना गर्‍यो । यो भन्न खोज्दा त्यसैत्यसै अत्यास लाग्ने कथा हो । स्व–क्वारेन्टाइनकालमा यो क्रूर कथाले मलाई झण्डै निनिलेको !


अमेरिकाबाट फर्किँदा म फिटफाट थिएँ । धूमपानद्वारा आर्जित फोक्सोको कसर सिबाय मेरो शरीरमा अरू विकार थिएन । र नै मैले क्वारेन्टाइनमा बस्नुपर्ने कारण केही थिएन । तथापि आफ्नो र अरूको आशङ्का निवारण गर्न म बसेँ । जेटको धङ्धडी मत्थर नहुन्जेल एकाध दिन घरभित्रै बसेँ । त्यसपछि म पिँडीमा निस्केँ ।

आशङ्कासाथ छिमेकीहरु सोध्न थाले— ‘बाहिर निस्क्या देख्दिनँ नि । बिरामी हुनु भा’ हो ?’

‘होइन,’ मैले भनेँ, ‘म क्वारेन्टाइनमा छु ।’

यो ‘क्वारेन्टाइन’ शब्द मानौँ कालको विकराल बज्रसरी तिनका मथिङ्गलमा बज्रियो । र, तिनका अनुहारमा आतेसको भाव पैदा भयो ।

‘हैन, कोरोना सल्क्या हो कि कसो ?’ अर्को भयकारी प्रश्न आयो ।

‘नाइँ,’ मैले भनेँ, ‘खालि शङ्का निवारण गर्नलाई ।’

छिमेकका जनसँग भएको वार्तालाप खासमा यति नै हो । यो वार्तालापको नचिताएको नतिजा जे भयो, गाँठ्ठे, हुनुसम्म उपद्रो भयो । मेरो पिँडी र मूलद्वार बीचको दूरी त्यस्तै सात मिटर होला । मूलद्वारबाहिर तलमाथि गर्ने सानो बाटो छ । त्यो बाटोमा छिमेकीहरुको आई–जाई चलिरहन्छ । मैले सोझो चित्तले छिमेकीहरुलाई आफ्नो यथार्थ अवस्था बताएँ । हेर्नोस्न, कस्तो सुपर लठ्ठक म ? त्यसको सम्भावित प्रभावबारे मैले केही नै सोचिनँ । सोच्नुपर्ने खाँचो मलाई महुससै भएन । मेरो क्वारेन्टाइन केवल एक औपचारिकता थियो । यो केवल मेरो सामुदायिक कर्तव्य थियो । र, यो थियो फगत आफू ढुक्क हुने र अरूलाई ढुक्क बनाउने एउटा जुक्ति । तर मेरो मुखबाट जब ‘क्वारेन्टाइन’ शब्द फुत्क्यो, मेरा कतिपय छिमेकी डरले थुरथुर भए । मानौँ म कोरोना भाइरसद्वारा आक्रान्त छु । मानौँ म तिनका अमूल्य देहमा ज्यानमारा भाइरस सल्काउन अमेरिकाबाट फर्केको हुँ ।


हेर्नोस्न, कस्तो सुपर लठ्ठक म ? त्यसको सम्भावित प्रभावबारे मैले केही नै सोचिनँ । सोच्नुपर्ने खाँचो मलाई महुससै भएन । मेरो क्वारेन्टाइन केवल एक औपचारिकता थियो । यो केवल मेरो सामुदायिक कर्तव्य थियो । र, यो थियो फगत आफू ढुक्क हुने र अरूलाई ढुक्क बनाउने एउटा जुक्ति । तर मेरो मुखबाट जब ‘क्वारेन्टाइन’ शब्द फुत्क्यो, मेरा कतिपय छिमेकी डरले थुरथुर भए । मानौँ म कोरोना भाइसरद्वारा आक्रान्त छु । मानौँ म तिनका अमूल्य देहमा ज्यानमारा भाइरस सल्काउन अमेरिकाबाट फर्केको हुँ ।


छिमेकीको मनोभाव जब थाहा भयो, मलाई हुनुसम्म असहज अनुभव भयो । लाटो बुद्धिले म ठान्थेँ– मेरा सकल छिमेकी समझदार छन् । भरअभरमा ती सहयोगी छन् । सहटोलबासीप्रति ती निश्चय नै संवेदनशील र करुणामयी छन् । तर कोलाहलकारी कोरोना भाइरसले गर्नु गर्‍यो । कोरोना आतङ्कसामु मेरा कतिपय छिमेकीको अर्कै औतार प्रकट भयो । अतिशय शङ्कालु, एकदम डरछेरुवा र लास्टै स्वार्थी औतार । मरे छिमेकी एक्लै मरोस्, म बाँचिरहूँ टाइपको औतार । मेरा मान्यवर छिमेकीहरुमाथि यो मेरो दोषारोपण किमार्थ होइन । मैले त बिना पूर्व–सूचना, बिना पूर्व–अनुभव कल्पनै नगरिएको शून्यबाट हठात् आइलागेको कोरोनाले तिनका मानसमा पारेको उथलपुथलकारी छापको चित्र उतार्न खोजेको मात्र हुँ । यस्तो मानसिकताको जायजन्ममा कोरोनासम्बन्धी अनेक अफबाहको भूमिका कति होला, मेरा असल छिमेकीहरुको अल्पबुद्धि, अन्धविश्वास वा बहकाउकारी आवेगको भूमिका कति होला म जान्दिनँ । म यति मात्र जान्दछु, यो मनोभावले मलाई सतायो, अत्यायो र मेरो लिनुविधि हुर्मत थियो ।

मेरो पिँडी मेरो बैठक पनि हो । म बिहानदेखि दिनभरिजसो यहीँ बस्छु । अचम्म लाग्छ, कुनै छिमेकी गेट अगाडिबाट जब मलाई यसोक्क देख्छ, ऊ तर्सिन्छ । र, मलाई देखेको नदेखेई गर्दै ऊ हुत्त हुत्तिएर भाग्छ । मानौँ मसँग आँखा जुध्दा मेरा आँखाबाट भाइरस उड्दै गएर उसका आँखामा पस्छ । मानौँ मसँग बात मार्दा मेरो सासबाट उसको सासमा कोरोना भाइरस सर्छ । मानौँ म मृत्युबाहक एवं प्रसारक एक त्यस्तो जीवात् हुँ, जो टोलछिमेकमा हुनु नै अशुभ हो, अनिष्ट एवं खतरा हो । मेरा एकाध अति साहसिक छिमेकी त गाँठ्ठे, घरबाट बाहिर निस्कनै पो छाडे । आँखा नाथेको स्वभावै चञ्चल । छिमेकीहरु बाहिर निस्के कि तिनका आँखामा म झ्वास्स देखिएँ । म देखिएँ कि तिनको मूल सातो हुत्त गयो । अब तिनलाई न दिनमा चैन न रातमा निद हुने भयो । मलाई बेचैन अनुभव हुन्छ । अब म के गरूँ ? कोही काल्पनिक वा स्वनिर्मित त्रासबाट आतङ्कित हुन्छ त म आप्mनै बैठकमा नबसूँ ? त्रास उसको हो, त्रासको जननी उसकै लठ्ठक मनोभाव हो । आफ्नै मनको बाघले कोही खाइन्छ त त्यसमा मेरो के दोष ?


मलाई हेरेर जब यी दुःखी जन अतिशय भयातुर भए, यिनलाई हेरेर म पनि किञ्चित् भयातुर भएँ । मानौँ कि रातिबीच पेट दुखेर, ढाड दुखेर वा गर्धन दुखेर मलाई अस्पताल नगई नहुने भो । अब मैले हारगुहार कोसँग माग्ने ? अन्धकार र सुनसान रातिबीच मलाई कृपा गरी ट्याक्सी वा एम्बुलेन्स कसले खोजिदिने ?


मलाई हेरेर जब यी दुःखी जन अतिशय भयातुर भए, यिनलाई हेरेर म पनि किञ्चित् भयातुर भएँ । मानौँ कि रातिबीच पेट दुखेर, ढाड दुखेर वा गर्धन दुखेर मलाई अस्पताल नगई नहुने भो । अब मैले हारगुहार कोसँग माग्ने ? अन्धकार र सुनसान रातिबीच मलाई कृपा गरी ट्याक्सी वा एम्बुलेन्स कसले खोजिदिने ? म जे दुख्यो भनूँ, सायद यिनले सुन्ने र बुझ्ने कुरा सायद एउटै हुन्छ । त्यो हो, मेरो टाउको दुख्यो, मेरो फोक्सो दुख्यो, मेरो छाती दुख्यो । अर्थात् मलाई कोरोना भाइरसले गाँजेर ल्यायो । परेन कि बित्यास !

कोरोना पाजी उचनीचकारी व्याधी रहेछ । यसले मान्छे–मान्छेबीच छुवाछूतको सिर्जना गर्छ । यसले प्रियजनहरुबीच स्नेहमय स्पर्शलाई निषेध गर्छ । यसले ममतामय चुम्बनलाई वर्जित गर्छ । यसले ऐक्यबद्धताकारी अङ्कमाललाई मनाही गर्छ । र, यसले मानिसलाई लाचार मुद्रामा ‘हात धोऊ, दूरीमा रहू’ भन्ने तोत्र जप्न विवश तुल्याउँछ ।


कोरोना पाजी उचनीचकारी व्याधी रहेछ । यसले मान्छे–मान्छेबीच छुवाछूतको सिर्जना गर्छ । यसले प्रियजनहरुबीच स्नेहमय स्पर्शलाई निषेध गर्छ । यसले ममतामय चुम्बनलाई वर्जित गर्छ । यसले ऐक्यबद्धताकारी अङ्कमाललाई मनाही गर्छ । र, यसले मानिसलाई लाचार मुद्रामा ‘हात धोऊ, दूरीमा रहू’ भन्ने तोत्र जप्न विवश तुल्याउँछ ।


जब मेरो चौध दिने स्व–क्वारेन्टाइन तुरियो, मैले चैनको लामो सास फेरेँ । र, कल्पिएँ– अब भने असल छिमेकीहरुसँग मेरो निकटता र प्रेमको फिर्ति सवारी कसो नहोला ? तर भएन । कोही भले मानुष छन्, जो अझै मलाई देख्यो कि असहज मान्दै लुत्त तर्किन खोज्छन् । धन्य पशुपतिनाथ ! कतै अनस्तित्वमा तिमी छौ र नै मलाई टोलबाट हटक गर्ने कुरा आजसम्म कसैले गरेको छैन ।

ट्विटे पार्टनर सञ्जय ! एकबारको जुनीमा यस्तो दिन पनि आयो । दूरी नै कोरोनाको दबाई भयो र कोरोनाको डरले छिमेकी नै पराई भयो ।

Title Photo background:Medical vector created by articular - www.freepik.com

 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.