कपिलवस्तुमा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु
बुटवल । कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारत एक बिरामीको मृत्यु भएको छ । शुक्रबारदेखी अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका– २ जलैयाका ३० वर्षीय गोबद्र्धन भरको आज साँझ ८ बजे मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए । फोक्सो र मुटुले काम गर्न छाडेपछि भरको मृत्यु भएको उनले जानकारी दिए । भरको स्वाब परीक्षणका लागि बुटवलमा ल्याइए पनि अझै रिपोर्ट आइनसकेको उनले बताए ।
ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेपछि भरलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचार गराइएको थियो र त्यहाँ उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल पठाइएको थियो । भरको शवलाई अस्पतालको फ्रिज घरमा राखिएको छ । रिपार्ट आएपछि मात्र शवलाई परिवारको जिम्मा लगाइने बन्जाडेले बताए । यसअघि बुटवल कोरोना अस्पतालमा पाल्पा घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३४ वर्षका बावुराम थापाको पनि मृत्यु भएको थियो । थापाको रिपोर्ट नेगेटिभ आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा