शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुम्बईको एक अस्पतालमा ३ डाक्टरसहित २९ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सोमबार, २४ चैत २०७६, २२ : ३८
सोमबार, २४ चैत २०७६

एजेन्सी । भारतको मुम्बईस्थित एक अस्पतालका २६ जना नर्स र ३ जना डाक्टरलाई कोरोना संक्रमण भएको पाइएको छ । सोमबार भारतको स्वास्थ्य विभागले सो कुराको जानकारी दिएको छ । त्यतिधेरै संख्यामा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । मुम्बईको वोकहार्ट अस्पतालका नर्स र डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

डाक्टर र नर्समा कोरोना संक्रमण देखिएपछि अस्पतालनै बन्द गरिएको भारतीय सञ्चारमाध्याहरुले जनाएका छन् । अहिलेसम्म  सबैभन्दा बढी कोरोना संक्रमणबाट मर्नेको संख्या पनि महाराष्ट्र मै देखिएको छ । त्यहाँ अहिलेसम्म ४५ जनाको मृत्यु भैसकेको छ भने ८६८ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म १ सय ९ जनाको मृत्यु भएको छ भने ४ हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप