शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरको प्रशासकीय अधिकृतमा अर्याल

सोमबार, २४ चैत २०७६, २२ : १८
सोमबार, २४ चैत २०७६

काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा एकनारायण अर्यालले आज पदबहाली गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को गत फागुन १८ गते बसेको बैठकले उनलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरेर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

यसअघि अर्याल नेपाली महावाणिज्य दूतावास कोलकत्तामा महावाणिज्यदूत रहेका थिए । महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने करीब एक महिनाअघि नै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएर गएपछि सहसचिव राजेश्वर ज्ञवालीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै आएका थिए ।

अर्याल विसं २०७२ को भूकम्पको समयमा काठमाडौँको प्रजिअ रहेका थिए । पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, ‘चुस्त सेवा र भ्रष्टाचारमा शून्य सहनशीलता मेरा प्रमुख बाटा हुन् ।’ जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रविधिको माध्यमबाट व्यवस्थित गराउने उनको भनाइ छ ।  

महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले अहिले महानगरको मुख्य काम भनेको कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रण गर्नु रहेको बताए । ढकालले हाल महानगरले विपन्न र असहायलाई राहत वितरणको काम गरिरहेको जानकारी गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप