प्रदेश नम्बर २ : १ सय १३ स्वाब परीक्षण, ४३ निगेटिभ, ७० आउन बाँकी
जनकपुर । प्रदेश नम्बर २ मा १ सय १३ जनाको कोरोना भाइरस संक्रमणको आशंकामा थ्रोट स्वाब परिक्षण भएको छ । स्वाब परीक्षण गरिएकाहरु मध्ये ४३ जनाको रिपोर्ट निगेटिभ रहेको पाइएको छ भने ७० जनाको रिपोर्ट आउन बाँकी छ भने आईतबार थप २८ जनाको नमूना संकलन गरिएको जानकारी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
ति मध्ये ३ जनाको रिपोर्ट सोमबार आएको छ भने बाँकीको आउन रिपोर्ट आउन अझै समय लाग्ने जनाएको छ । त्यस्तै भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रम भने जारी छ ।
यो संख्या प्रदेश नम्बर २ मा बढ्दै गएको छ । प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा अहिलेसम्म बिभिन्न जिल्लामा निर्माण गरिएको २ हजार ९ सय १८ बेड क्षमताको १ सय ४२ वटा क्वारेन्टाइनमा ८ सय ६५ जना शंकास्पद व्यक्तिलाई राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
प्रदेशभरिमा अहिले १ हजार १३ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेके छ भने ८७ वटा आईसोलेशन वार्डमा २७ जनालाई भर्ना गरिएको उनले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा ६ सय १ बेड संख्याको १६ वटा क्वारेन्टाइन बनाइएको छ । जहाँ २ सय ५ जनालाई क्वारेन्टाइनमा र २४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ९ बेड क्षमताको आईसोलेशन वार्डमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।
त्यस्तै बारामा ४ सय ४ बेड क्षमताको १४ वटा क्वारेन्टाइनमा अहिलेसम्म ५० जनालाई राखिएको छ । बारा जिल्लास्थित कलैया अस्पतालमा निर्माण गरिएको २० वटा आईसोलेशन बेडमा अहिले ९ जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको झाले जानकारी दिए ।
बारामा अहिले २५ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्सामा १ सय ९६ बेड क्षमताको १२ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ ६३ जना क्वारेन्टाइनमा र ५२ जना होम क्वारेन्टाइनमा रहेका छन् ।
पर्साको वीरगञ्ज स्थित नारायणी अस्पतालमा बनाइएको ८ बेडको आईसोलेशन वार्डमा अहिले ५ जना शंकास्पद बिरामीलाई राखिएको छ । सप्तरीमा ५ सय ४० बेड क्षमताको ३१ वटा क्वारेन्टाइनमा अहिले २ सय ६४ जनालाई निगरानीमा राखिएको छ भने ५६ जना होम क्वारेन्टाइनमा छन् ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको ९ वटा आईसोलेशन वार्डमा अहिले एकजना शंकास्पद बिरामीलाई भर्ना गरिएको उनले बताए ।
सिरहामा २ सय ४६ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय २० जना र होम क्वारेन्टाइनमा ७७ जना रहेका छन् । त्यस जिल्लामा १३ बेडको आईसोलेशन रहेकोमा त्यहाँ अहिलेसम्म कुनै पनि शंकास्पद बिरामीलाई राखिएको छैन् ।
धनुषामा ३ सय २६ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले ८२ जनालाई राखिएको झाले जानकारी दिए । यस जिल्लामा अहिले ४० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए ।
प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइशोलेसन रहेकोमा १२ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखिएको छ ।
त्यस्तै महोत्तरीमा ३ सय ७ बेड क्षमताको १६ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म ७ सय ७४ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ५२ जनालाई राखिएको छ ।
महोत्तरीमा १४ वटा आईसोलेशन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनैपनि शंकास्पद बिरामी नआएको उनले बताए ।
सर्लाही जिल्लामा २ सय ८१ बेड क्षमताको २० वटा क्वारेन्टाइनमा अहिले २९ जना रहेका छन् भने ३२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । दुईवटा आईसोलेशन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनैपनि शंकास्पद बिरामी आएका छैनन् ।
यता प्रादेशिक अस्पताल जनकपुरमा रहेको आईसोलेशन बेडमा कोरोनाका शंकास्पद बिरामीहरु बढिरहेकाले बेडको संख्या थप्नुपर्ने आवश्यकता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधवसँगको भेटपछि शीर्ष नेतासँगको छलफलमा देउवा
-
नेदरल्यान्डको राजधानी एम्स्टर्डममा नयाँ होटल बनाउन रोक
-
ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी
-
रुससँग युक्रेनले हार्यो भने तेस्रो विश्वयुद्ध हुने चेतावनी
-
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ
-
शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान आवश्यक छ: शिक्षामन्त्री श्रेष्ठ