सरकारले कोरोना नियन्त्रणका लागि सातै प्रदेशमा टोली खटायो
कोरोनाभाइरस (कोभिड १९)को पहिचान र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा जनशक्ति परिचालनका लागि कर्मचारीको टोली खटाएको छ । त्यस्तै प्रदेशमा भएका बन्दोबस्ती जनशक्ति र समान परिचानल गर्न लागि कर्मचारी खटाएको हो ।
स्वास्थ्य मन्त्रालयले खटाएको टोलीले तीन दिनमा अनुगमन गरि मन्त्रालयमा प्रतिवेदन बुझाने छ । सरकारी तथा निजी स्वास्थ्य संस्थाको क्षमताअनुसार काम लगाउने छ ।
ती स्वास्थ्य संस्थाहरुमा जनशक्ति नपुगेको खण्डमा केन्द्रीय तहमा समन्वय गरेर प्रदेश तहमा जनशक्तिको परिचालन तथा पहिचान गर्ने काम केन्द्रबाट खटाएका ११ औँ तहका कमर्चारीले गर्ने मन्त्रालयले जनाएको छ ।
यस्तै जनशक्तिनपुगेको खण्डमा करार सेवा र स्वंयमसेवककालिने व्यवस्थागर्ने जिम्मेवारी समेत सो टोलीलाई दिइएको छ । मन्त्रालयको सचिवस्तरीय बैठकले सातै प्रदेशमा तीन सदस्य टोली पठाउने निर्णय गरेको हो ।
मन्त्रालयले बागमती प्रदेशमा यशोदा अर्याल, रोशनी तुईतुइ र विजयक्रान्ति शाक्य छन् । यस्तै प्रदेश १ मा डाक्टर सुधा देवकोटा, राजकुमार पोखरेल र चित्राखनाल छन् ।
प्रदेश २ मा मोहम्मद दाउद, डाक्टर प्रकाश साह र बाबुराजा अमात्य रहेको छन । उता गण्डकी प्रदेशमा डाक्टर तारा पोखरेल, मदनकुमार श्रेष्ठ र सुदिप आलेमगर छन । प्रदेश ५ मा डाक्टर रमेश खरेल, केशव पण्डित र रविकान्तमिश्रको टोलीलाई खटिएको छ ।
कर्णाली प्रदेशमा डाक्टर अनुज भट्टचन, डाक्टर फणीन्द्र बराल, उत्तमकोईरालाको खटिएको छ ।
सुदुरपश्चिम प्रदेशमा भने डाक्टर भिमसिंह तिंकरी, डाक्टर रामराजपन्थि र रामबहादुर नेपालीसहितको टोलीसचिवस्तरिय बैठकले निर्णय गरेको हो ।