सिङ्गापुरमा २० हजार विदेशी कामदार क्वारेन्टाइनमा
एजेन्सी । सिङ्गापुरले विदेशी २० हजार कामदारलाई क्वारेन्टाइनमा राखेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले क्वारेन्टाइनमा बस्न अनिवार्य गरेकाले उनीहरूलाई विद्यालय तथा क्याम्पसका क्वारेन्टाइनमै राखेको अधिकारीहरूले बताएका छन् ।
उनीहरूले कम्तीमा १४ दिनसम्म कोठा छोड्न नपाउने र क्वारेन्टाइनमै बस्नुपर्ने सिंगापुरको स्वास्थ्य मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । क्वारेन्टाइनमा बसेका कामदारहरूलाई पारिश्रमिक भने उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
सिङ्गापुरमा सोमबारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार ३०९ पुगेको छ भने छ जनाको मृत्यु भएको छ । कूल ४० हजारको परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये ३२० जना सन्चो भएर घर फर्किएका छन् भने अरु ९८३ जना अझै पनि विरामी अवस्था मै रहेका छन् । ती मध्ये २५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
सङ्क्रमण फैलिने क्रम चलिरहेकाले सरकारले मङ्गलबारदेखि लकडाउनको समेत घोषणा गरेको छ । लकडाउन लागु गरिने भएकाले एक महिनाका लागि शैक्षिक संस्था तथा अत्यधिक मानिसहरूको ओहोरदोहोर हुने अन्य कार्यस्थललगायतका क्षेत्र बन्द गर्न लगाइएको छ । Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित