बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुध किसानलाई मण्डनदेउपुर नगरपालिकाले राहत दिने

सोमबार, २४ चैत २०७६, १९ : २९
सोमबार, २४ चैत २०७६

मण्डनदेउपुर (काभ्रे) । सरकारले कोरोना भाइरसको संक्रमण र जोखिमलाई कम गर्ने उद्देश्यले लकडाउन घोषण गरेको छ ।  सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । तर, काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भने नगरबाट दुध भर्ने (संकलन) अन्यत्र बिक्रि वितरणका लागि लादा जोखिम हुने बन्दै दुध संकलन गर्न रोक लगाएको छ । 

यहि चैत २१ गते नगरपालिकाले सूचनानै प्रकाशित गरेर दुध संकलन रोक्न आग्रह गरेको थियो ।  १२ वटा वडा रहेको नगरपालिका रोहिणी, ढाडाँगाउँ, हलेदे, गिरधरे, चुरिथुम्का, बालुवापाटी, मेसागाउँ, सल्लेबास, रानीबन, देउपुर, नयाँगाउँ, गैरिबिसौनी, सिपाघाट, धाइटार, कुन्ताबेसी, मण्डन, जैशिथोक, मकैटारलगायतका स्थानमा व्यक्तिगत तथा सहकारी मार्फत दैनिक हजारौं लिटर दुध संकलन हुँदै आएको छ । 

सोही नगरपालिका वडा नम्बर १, गिरधरेका नवराज ढकालले आफुले दैनिक २ सय ५० लिटर दुध संकलन गर्दै आएका तर, नगरको सूचनापछि रोकिएको बताए ।  उनले रातोपाटीसंग कुरा गर्दै भने ‘भोली (मंगलबार) नगरपालिकामा बैठक छ, लकडाउन थपियो भन्दैछन् दुध भर्ने नभर्ने थाहा छैन् ।’

यसबारेमा हामीले नगरप्रमुख टोकबहादुर वाइवासंग प्रश्न गर्दा उनले नगरपालिका क्षेत्रभित्र लकडाउनलाई व्यवस्थितले बनाउन यस्तो निर्णय गरिएको बताए ।  ‘तीन/चार दिन दुध भर्न नपाउँदा घाटा भो भन्ने कुरा छ, त्यसलाई परिपूर्ति गर्न केही किसालाई विशेष अनुदान दिन्छौं’ नगरप्रमुख वाइवाले भने । दुध संकलन गर्ने स्थानमा भिडभाड हुने र कोरोना संक्रमण जोखिम धेरै हुन सक्ने भएकाले केही दिनलाई बन्द गरिएको उनको भनाई छ । 

३० सिटको क्वारेन्टाइन तयार
नगरपालिबाट भित्रने र बाहिरिने धेरै नाका भएको र जोखिम न्यूनिकरण गर्ने उद्देश्यकले नगरपालिकाले प्रत्येक नाकामा स्वास्थ्य जाँचका लागि डेक्स राखिएको नगप्रमुख वाइवाले जानकारी दिएका छन् । सबै वडाका बस्ती र चोकहरुमा किटाशन औषधी छर्कने काम समेत अन्तिम चरणमा रहेका उनले बताए । 

तीन स्थानमा गरेर संघीय सरकारको निर्देशन बमोमिज ५० सिट क्षमताको क्वारेन्टाइन बनाउनु पर्ने भएकाले हाल ३० सिट तयारी अवस्था रहेको र अन्य २० थप गर्ने तयारी रहेको उनले बताए । नगरपालिकाले बनाएको क्वारेन्टाइनमा ८ जना रहेकोमा ५ जनाको बस्ने अवधि पुरा भएको र कुनै समस्या नदेखिएकाले चिकित्सको सल्लाहअनुसार घर पठाइएको र ३ जना बाँकी रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप