मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्षलाई कोरोनाको आशंका, स्थानीयले पठाए क्वारेन्टाइनमा

सोमबार, २४ चैत २०७६, १८ : ४१
सोमबार, २४ चैत २०७६

जनकपुर । भारतबाट फर्केका एक वडाध्यक्षमाथि कोरोना संक्रमणको आशंकामा स्थानीयले क्वारेन्टाइनमा भर्ना गराएका छन् ।

आइतबार भारत बिहारको मधुवनीबाट आएका जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भोगन्द्र पाठकलाई कोरोना भाइरस संक्रमणको आशंकामा स्थानीयको दवावमा उनी क्वारेन्टाइनमा भर्ना भएका हुन् ।

उनी मधुवनीबाट फर्केर घर आएपछि त्रसित बनेका स्थानीयले इलाका प्रहरी कार्यालय खजुरीमा वडाध्यक्ष पाठकबारे जानकारी गराएर क्वारेन्टाइनमा राख्न प्रहरीलाई दवाव दिएको थियो । 

त्यसपछि प्रहरी निरीक्षक देवेन्द्र रोकायाले उनलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेर क्वारेन्टाइनमा पठाइएको थियो ।

उनलाई जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरीमा रहेको विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना हुनु परेको छ ।

वडाध्यक्षसँगै सो क्वारेन्टाइनमा ९ जना छन् । क्वारेन्टाइनमा वडाध्यक्षसहित विदेशबाट आएका ८ जनाहरु समेत भर्ना छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप