शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख जुट्यो

सोमबार, २४ चैत २०७६, १८ : ०२
सोमबार, २४ चैत २०७६

विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको छ । कोषमा सोमबार थप रु. ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो ।
कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । 
कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप