नोकिया फोनको वारेन्टी म्याद थप लम्बियो
काठमाडौं– नोकियाले हाल कोरोनाभाइरस महामारीका कारण आफ्नो रिपेयर एण्ड रिटन्र्स सेवा (मर्मत तथा अन्य सेवा)को वारेन्टीमा ४५ दिनको म्याद थप गरेको जानकारी दिएको छ ।
तसर्थ कोरोनाभाइरसले निम्त्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरुमाझ आफ्नो बाचालाई कायम राख्न, आफ्ना ग्राहकहरुका लागि नोकिया फोनको वारेन्टी अवधीथप ४५ दिनको लागी लम्ब्याएको छ ।
यो समय अवधि १५ मार्च, २०२० देखि १५ अप्रिल, २०२० सम्म वारेन्टी म्याद समाप्त भएका फिचर फोन तथा स्मार्टफोनहरुको वारेन्टीमा लागू गरिएको छ ।
उदाहरणका लागि, यदि प्रयोगकर्ताको फोनको वारेन्टि म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँ म्याद समाप्ति ३० अप्रिल, २०२० हुनेछ ।
नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटककाअनुसार नोकिया फिचर फोनहरु त्था नोकिया सी१ स्मार्ट फोनमा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टीको सुविधा दिँदै आएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा