कैलालीका कोरोना संक्रमित युवासँगै आएका दाङका सात युवा अस्पतालमा, स्वाब लिने तयारी
दाङ । कैलालीका कोरोना संक्रमित युवासँगै भारतबाट आएका दाङका १० युवामध्य ७ जनालाई अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ । गौरीफन्टा नाका हुँदै आउने युवाहरुमध्य सोमवार विहानसम्ममा ७ जना अस्पतालमै पुगिसकेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
दाङका दश जना युवा पनि कैलालीका कोरोना संक्रमित युवासँगै भित्रिएको भन्ने सार्वजनिक भएपछि प्रहरी र पालिकाले खोजी गरेर सम्पर्कमा ल्याएका हुन् । उनीहरुमध्य ७ जनालाई दाङको बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको छ ।
गौरीफन्टा नाका हुँदै आउने घोराही उपमहानगरपालिका–४ का ५ जना, लमही नगरपालिका–५ का २ जना र राजपुर गाउँपालिका–६ का २ जना, र बबईगाउँपालिका १ जना रहेका छन् ।अहिले सबै प्रशासनको सम्पर्कमा आएको भएपनि ७ जनालाई अस्पतालमा ल्याइसकिएको र ३ जना आउने क्रममा रहेको प्रजिअ रिजालले बताए । उनीहरुलाई अस्पतालमा राखिएको र परिवार र उनीहरुको सम्पर्कमा रहेकाहरुको निगरानी बढाइएको प्रहरीले बताएको छ ।
सम्पर्कमा आएका ७ जनालाई कोरोना विशेष अस्पतालका आइसोलेशन वार्डमा राखिएको छ प्रजिअ रिजालले ३ जना घरमा नभेटिएकाले केहि समस्या भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल