संसद अधिवेशन अन्त्य गर्न सिफारिस
सोमबार, २४ चैत २०७६, १६ : ३७
काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । चैत ७ गतेयता कोरोना सन्त्रासका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।
चैत १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएपनि त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।