शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पताललाई सनराइज बैंकको पीपीई सहयोग

सोमबार, २४ चैत २०७६, १६ : ०७
सोमबार, २४ चैत २०७६

काठमाडौं– सनराइज बैंकले भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई वितरण गरेको छ । 

कोरोनाभाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा त्यसको जोखिम बढेको हुँदा विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सर्हानिय रहेको भन्दै सहयोग गरेको बैंकले जनाएको छ । 

बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाभाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पीपीई दिइएको हो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिइ र ५०० थान माक्स हस्तान्तरण गरे ।

साथै तिलगंगा आँखा अस्तपतालमा पनि ५ थान पीपीई हस्तान्तरण गरे । हालसम्म सनराइज बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० भन्दा बढी पीपीई उपलब्ध गराइसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप