शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाविरुद्ध लड्न प्रदेश सरकारलाई काँग्रेसको ४० लाख सहयोग

सोमबार, २४ चैत २०७६, १४ : ३०
सोमबार, २४ चैत २०७६

जनकपुर । प्रदेश नम्बर २ को विपक्षी दल नेपाली कांग्रेसले कोरोना विरुद्ध लड्नका लागि प्रदेश सरकारलाई ४० लाख रुपैयाँ सहयोग गरेको छ । 

कोरोना महामारी रोकथाम गर्न प्रदेश सरकारले गठन गरेको राहत कोषमा नेपाली कांग्रेसले ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको हो ।

सोमबार नेपाली कांग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादव सहितका नेताले मुुख्यमन्त्री लालबाबु राउतलाई ४० लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

संसदीय दलका नेता यादवले प्रदेश २ स्थित ८ वटै जिल्ला कार्यसमितिको तर्फबाट प्रदेश सरकारको राहत कोषमा कोरोना भाइरस संक्रमण रोकथाम गर्न सहयोग गरेको जानकारी दिए ।

विश्वभर फैलिएको कोरोना महामारी रोकथामका लागि नेपाली कांग्रेसले प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको भन्दै नेता यादवले आगामी दिनमा समेत सक्दो सहयोग गर्न तत्पर रहेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप