बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटक उद्धार र औषधि ओसारपसारमा कैलाश हेलिकप्टर

सोमबार, २४ चैत २०७६, १३ : ४६
सोमबार, २४ चैत २०७६

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९) को महामारी फैलन नदिन अहिले देश लकडाउनमा छ। हवाई तथा स्थल यातायात ठप्प छ्न। यो मुस्किलको घडिमा कैलास हेलिकप्टरले नेपाल सरकारको कार्यबिधीमा रहि उद्धारमा खटिएको छ।

स्वीस राजदुतावास र साउथ अफ्रिकन कन्सुलेटको अनुरोधमा लुक्लाबाट ९ जना विदेशी पर्यटक र एक नेपाली गाइडको उद्धार गरिएको कैलास हेलिकप्टरका सेफ्टी म्यानेजर बरुण ज्ञवालीले बताए। 

अस्ट्रेलियन राजदुतावासको अनुरोधमा सङ्खुवासभाको वार्हविसेबाट फ्रेन्च, क्यानेडियन र अस्ट्रेलियन नागरिकको उद्धार भएको छ भने फिदिमबाट एक बिरामीलाई बिर्तामोड पुर्याइएको ज्ञवालीले जानकारी दिए। त्यस्तै डोल्पाको से-फोक्सुन्डो गाउँपालिकामा औषधि पुर्याएको बताइएको छ। 

उद्धरमा खटिने पाइलटलगायत सबै कर्मचारीले मास्क, पन्जा लगाउने लगायत स्वास्थ्य सुरक्षाको सावधानी अपनाउने गरेको र आवश्कताअनुसार पीपीईको प्रयोग गर्ने ज्ञवालीले जानकारी दिए।

लकडाउनले गर्दा उद्धार र उडानमा सरकारी प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ। अस्पतालको सिफारिसमा स्थानिय निकायले गृह मन्त्रालयमा र गृहले नागरिक उड्डयन प्राधिकरणलाई लिखित पत्र काट्नु पर्ने हुन्छ। इमेलको माध्यमबाट काम भएकोले काम छिटो र छरितो भएको ज्ञवालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप