भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नाघ्यो, संक्रमित ४ हजार बढी (अपडेट)
सोमबार, २४ चैत २०७६, १२ : ५५
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । सोमबारसम्म भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९ पुगेको हो । त्यस्तै देशभर भाइरसबाट संक्रमति हुनेहरुको संख्या ४ हजार ६७ पुगेको छ भने २ सय ९१ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।
विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ६९ हजार ३ सय पुगेको छ भने १३ लाखको हाराहारीमा संक्रमित भएका छन् । विश्वमा अहिले सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् भने इटाली, स्पेन, फ्रान्स, जर्मनी लगायतका मुलुकमा पनि संक्रमित हुनेहरुको संख्या अत्याधिक रहेको छ । विश्वमा सबैभन्दा बढी मर्नेको संख्या इटालीमा रहेको छ । इटालीमा अहिलेसम्म १५ हजार ८ सय जनाको मृत्यु भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि