मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको दुप्चेश्वरकी एक युवतीलाई कोरोनाको आशंकामा अस्पताल पठाइयो

सोमबार, २४ चैत २०७६, १२ : ४९
सोमबार, २४ चैत २०७६

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाकी एक युवतीलाई कोरोनाको आशंकामा अस्पताल पठाइएको छ ।

गत चैत १० गते काठमाडौंबाट आएकी  दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ की २८ वर्षीया युवतीलाई ज्वरो, रुघाखोकी तथा श्वास प्रश्वासमा समस्या देखिएपछि कोरोनाको आशंकामा  आइतबार त्रिशूली अस्पतालमा पठाइएको हो । उनको उपचार प्रक्रिया चलिरहेको गाउँपालिकाले जनाएको छ । 

 सो गाउँपालिकामा ४१ क्वारेन्टाइन बेड  तयार भएका छन् । स्थानीयलाई कोभिड १९ संक्रमणको सम्भावित जोखिमबाट सुरक्षित राख्न ४१ वटा क्वारेन्टाइन बेड तयार पारेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव श्रेष्ठले जानकारी दिए । 

त्यस्तै गाउँपालिकामा विदेशबाट फर्किएका १३ जनालाई स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा आआफ्नै घरको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ । 

साथै कोरोना संक्रमणबाट दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको लागत संकलन गरी राहतको व्यवस्था गर्नुका साथै गाउँपालिकामा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

यसैबीच त्रिशूली अस्पतालले भने ती युवतीलाई कोरोनाको आशंकामा ल्याइएको भएपनि पिसावमा इन्फेक्सन देखिएको बताएको छ । 

अस्पतालकी डाक्टर सोफिया अधिकारीले ती बिरामीमा कोरोनाको आशंका गरेर गाउँपालिकाले पठाएको भएपनि पिसावमा इन्फेक्सन भएर ज्वरोलगायतको समस्या देखिएको बताइन् । 

उनले उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले काठमाडौंको वीर अस्पताल रिफर गरिएकाे पनि जानकारी दिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप