बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकको गभर्नरमा तीन जनाको नाम सिफारिस

सोमबार, २४ चैत २०७६, १२ : ३७
सोमबार, २४ चैत २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । गभर्नर छनौट सिफारिस समितिले मायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व अर्थसचिव डा. राजन खनाल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।  

मन्त्रिपरिषद्ले चैत ९ गते अर्थमन्त्री डा. खतिवडाको संयोजकत्वमा यस्तो समिति गठन गरेको हो । समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेका छन् । 
समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्ध प्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्ने छ भने एकजनो राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ । 

चैत ५ गतेदेखि यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको छ । 
त्यसै अनुसार समितिले राष्ट्र बैंकको १७ औं गभर्नरका तीन जनाको नाम सिफारिस गरेको हो । अब यी तिनमध्ये एक जना गभर्नर हुनेछन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले सम्भवत आजै राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप