कोभिड-१९ परीक्षणका लागि शिक्षण अस्पतालमा पीपीई बुथ
काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेशन वार्डको बाहिर बुथ राखिएको हो ।
कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । सम्भावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ ।
बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ ।
डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले वनाएको हो । साथै यसमा अमेरिका–नेपाल मेडिकल फाउण्डेशनको सहयोग पनि रहेको जनाइएको छ ।
अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा अरुण कुँवरले नेपालमै पहिलो पटक शिक्षण अस्पतालमा यो बुथ राखिएको जानकारी गराए । अबका दिनमा यो बुथ काठमाडौंको बीर अस्पताललगायत कोरोनाको परीक्षण हुने मुख्यमुख्य अस्पतालहरुमा राखिने डा कुँंवरले जनाए ।
बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले सोमबार एक कार्यक्रमवीच अस्पताललाई यो बुथ हस्तान्तरण गरेका छन् । यस क्रममा उनले बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा अरुण कँुंवर, अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा शंकर ढकाल, ईन्जिनियर हरेराम हुमागाई, ईन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई विशेष धन्यावद व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक