ग्रीनकार्ड जोगाउन अमेरिका उडे अभिनेता सरोज
काठमाडौं - करिव ५ बर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा अभिनेता सरोज खनालले बुढ्यौली समय स्वदेशमा बिताउन फर्किएको बताएका थिए ।
उक्त समय टेलिभिजन कार्यक्रममा प्रस्तोताले नेपाल बृद्धाआस्रम हो र भनेर प्रश्न गरेको बिषय निकै बिवादमा चर्चामा छाएको थियो ।
उक्त बिवाद पछि अभिनेता सरोज खनालले अवको समय समय आफ्नो देश नेपालमै कलाकारिता गरेर बस्ने बताएका थिए । सोही कारणले पनि धेरै निर्माताले उनलाई फिल्मको अफर समेत लगातार दिए ।
तर, अहिले आएर अभिनेता फेरि अमेरिका उडेका छन् । अमेरिकी सरकारले बिदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको कारण सरोज पनि आइतबार अमेरिका उडेका हुन् ।
अमेरिकाको ग्रीनकार्डका कारण उनी अहिले अमेरिका उडेको बुझिएको छ ।
अमेरिकाको सुख सुबिधा छाडेर श्रीमती सहित नेपाल फर्किएको बताएर सो समय सबैको सहानुभुतिका पात्र बनेका सरोज अहिले फेरि अमेरिका उडेका हुन् ।
सरोजका छोरा र श्रीमती केही पहिले देखिनै अमेरिकामै रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु