बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनुले ल्याइन् ‘आकांक्षा’

सोमबार, २४ चैत २०७६, १२ : २०
सोमबार, २४ चैत २०७६

काठमाडौं । गायन रियालटी शो ‘दि भोइस अफ नेपाल’ की प्रतियोगी अनु शाक्यको नयाँ गीत ‘आकांक्षा’ सार्वजनिक भएको छ ।

अपेक्षा गुरुङको शब्द रहेको गीतमा संगीत उनले आफैले गरेकी छन् । गीतको भिडियो पनि बनाइएको छ । जसमा एलिशा न्यौपानेको अभिनय देख्न सकिन्छ ।

सन्तु लामाको निर्देशन रहेको भिडियोमा रुमन लामाको सम्पादन रहेको छ ।

२०१७ मा ‘अनु र बिम्ब’ ब्याण्ड स्थापना गरेकी उनले सोही ब्याण्ड मार्फत अहिले गीतहरु बाहिर ल्याउने गरेकी छन्  ।

ब्याण्डको लिड भोकलिष्ट अनु हुन् भने गिटारिष्टमा दिनेश नकर्मी, रिदम गिटारिष्टमा दीविन शाक्य, ड्रमरमा अशमी महर्जनलगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप