मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा लागू हुनसक्छ संकटकाल

सोमबार, २४ चैत २०७६, ११ : ५४
सोमबार, २४ चैत २०७६

कोरोनाभाइरसका कारण जापानको केही हिस्सामा संकटकाल लागू गरिने सम्भावना छ ।

जापानी मिडियाका अनुसार भाइरस फैलनबाट रोक्न विभिन्न कोसिसका बीच संक्रमितको संख्या लगातार बढिरहेको छ । प्रधानमन्त्री शिन्जो आबेले सोमबार यसबारे घोषणा गर्नसक्ने विभिन्न सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

यद्यपि, संकटकाल घोषणा गरेको दिनदेखि र पूरा देशैभरी लागू नहुने बताइएको छ । संकटकाल टोकियो र ओसाकाजस्ता ठूला शहरका लागि लागू नहुने जानकारीमा उल्लेख छ ।

यो निर्णयपछि सरकारले मानिसहरुलाई घरभित्रै बस्न र आफ्नो कारोबार बन्द गर्ने आदेशलाई कडा रुपमा लागु गर्न सक्छ ।

जापानमा अहिलेसम्म ३ हजार ६ सय कोरोनाभाइरसको संक्रमित भेटिएका छन् । यहाँ ८५ जनाको मृत्यु भइसकेको छ । संक्रमण सबैभन्दा धेरै टोकियोमा देखिएको छ जहाँ अहिलेसम्म हजार बढी संक्रमित भेटिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप