मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्लुङ, कैलाली र कञ्चनपुरमा र्‍यापिड टेस्ट गर्न काठमाडौँबाट हिँड्यो टोली

सोमबार, २४ चैत २०७६, १० : ३९
सोमबार, २४ चैत २०७६

काठमाडौँ । काठमाडौँबाट स्वास्थ्य प्रावधिकसहितको टोली कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई ‘र्‍यापिड टेस्ट’ गर्नको लागि बाग्लुङ, कैलाली र कञ्चपुर हिँडेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्लुङ, कैलाली र कञ्चपुरमा ‘र्‍यापिड टेस्ट’ गर्ने निर्णयसँगै सोही अनुसार प्रावधिकसहितको टोली पठाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौँबाट गएको टोलीले त्यहाँका स्वास्थ्यकर्मीसँग समन्वय गरेर मंगलबारबाट ‘र्‍यापिड टेस्ट’ गर्ने काम गर्नेछ ।

र्‍यापिड टेस्ट’बाट कोरोना भएको व्यक्तिको पहिचान गर्न सकिने र पीसीआर विधिबाट पुनः परिक्षण गरेर हो की हैन भनेर पुष्टि हुनेछ । सरकारले तत्कालका लागि यी ३ जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप