बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युएईमा भेटिए थप २९४ नयाँ संक्रमित

सोमबार, २४ चैत २०७६, ०८ : ५०
सोमबार, २४ चैत २०७६

युएईमा आज २९४ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन्। यो सँगै युएईमा संक्रमितको संख्या १७९९ पुगेको छ।

यसैगरी, आज नयाँ १९ जनासँगै १४४ जना निकौ भइसकेका छन् भने आज सम्म युएईमा १० जनाको मृत्यु भैसकेको छ।

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ५५६ जना मध्ये ४५६ संक्रमितहरुको उपचार भैरहेको छ ।भने १७जनाको अवस्था गम्भीर साथै ९९ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको कुवेतको स्वास्थ्य मन्त्रालयले ९ःइज्० ले जनाएको छ। अहिले सम्म कुवेतमा २ जना मात्र नेपाली सङ्क्रमित छन् । 

आइतबारसम्म साउदीमा कोरोना भाइरस संक्रमितको संख्या २३ सय ७० पुगेको छ । गत पछिल्लो २४ घण्टामा थप १४० जनामासंक्रमण देखिएको थियो। कूल संक्रमितहरुमध्ये हालसम्म ४२० जना निको भएका छन् । भने २९ जना संक्रमितको मृत्यु भएको छ ।

नेपाली दुतावास साउदी अरबले ४ जना नेपालीलाई कोरोना संक्रमित भेटाएको बताएको हो। आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण नेपाली दुतावास साउदीलाई उपलब्ध गराएको थियो। उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ।

यसैगरि कतारमा १६०४  जना कोरोना संक्रमित फेला परेका छन्। १२३ जनाले स्वास्थ्य लाभ गरेका छन्, भने ४ जनाको मृत्यु भएको छ।

ओमनमा कोरोना संक्रमणले एक जनाको ज्यान गएको छ। २१ जना नयाँ कोरना भाइरस संक्रमित भेटिए सँगै  टोटल कोरोना संक्रमितसंख्या २९८पुगेको छ। ६१ जना संक्रमणबाट निको भएका छन्।

यसैगरि बहराइनमा १० जना नयाँ कोरोना भाइरस  संक्रमित भेटिएका छन्।

यो संगै बहराइनमा कोरोना संक्रमितको संख्या६९८ पुगेको छ। संक्रमित मध्ये ४२७ जना निको भएका छन्।भने ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप