शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूयोर्कमा पहिलो पटक संक्रमण र मृत्युको आँकडामा कमी

सोमबार, २४ चैत २०७६, ०८ : २५
सोमबार, २४ चैत २०७६

अमेरिकामा कोरोनाभाइरसको केन्द्र बनेको न्यूयोर्कमा पहिलो पटक संक्रमण र मृत्युको आँकडामा कमी आएको छ । यद्यपि, अधिकारीले आँकडालाई आधार मानेर अहिले नै केही भनिहाल्न नमल्निे बताएका छन् ।

न्यूयोर्कमा कोरोनासंक्रमण र मृत्युको आँकडा त्यतिबेला कम भएको छ जब अमेरिकामा संक्रमण तीब्र रुपमा फैलिरहेको छ र स्वास्थ्य अधिकारीले स्थिती थप भयानक हुने चेतावनी दिएका छन् ।

अमेरिकी सर्जन जनरलले यो हप्ता अमेरिकीहरुको जीवनको सबैभन्दा कठिक र दुःखद समय हुने चेतावनी दिएका छन् ।

सर्जन जनरल जेरोम एडम्सले भने, ‘हाम्रो स्थिती पर्ल हार्बर, ९/११ जस्तो हुनेछ ।’

अमेरिकामा अहिलेसम्म ३.३१ लाख बढी कोरोना संक्रमित छन् र ९ हजार ४ सय २० भन्दा बढीको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप