शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यास अभावको समस्या व्यवस्थापन, बजार सामान्य

सोमबार, २४ चैत २०७६, ०७ : ०४
सोमबार, २४ चैत २०७६

काठमाडौं – पेट्रोलियम पदार्थको बजार सामान्य भएको छ । लकडाउन सुरु भएको अघिल्लो दिनसम्म ग्यासको अभाव देखिएको थियो तर लकडाउनको १२औँ दिनसम्म आइपुग्दा बजार सामान्य भएको छ ।

ग्यास सहज भएको छ । ग्यास अभावको समस्या छिटो व्यवस्थापन गर्न सफल भएको निगमको दाबी छ ।

कलडाउन सुरु भएपछि पेट्रोल तथा डिजेलको बिक्री वितरण घटेको छ । सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नभएपछि पेट्रोल तथा डिजेलको खपत ठप्पैजस्तो छ । पम्पहरूले आलोपालो गरेर बिक्री वितरण गरेका छन् । माग नभएपछि पेट्रोल डिजलको आपूर्तिमा निगमले त्यति चासो दिनुपरेको छैन ।

लकडाउनको समयमा पनि पेट्रोलियम पदार्थको आयात निरन्तर भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप