शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदुरपश्चिम प्रदेशका सर्वसाधारणले बाले दियो र मैनवत्ती

आइतबार, २३ चैत २०७६, २३ : १३
आइतबार, २३ चैत २०७६

कैलाली । कोराना सन्त्रासाका बीच आज साँझ सुदुरपश्चिम प्रदेशका सर्वसाधारण साँझ दियो र मैनवत्ती बालेर विश्व शान्तिको कामना गरेका छन् । साँझ ७ बजे यहाँका सर्वसाधारणले बत्ती झुल्क्याएर ढोलक बजाएका थिए । ‘छिमेकी राष्ट्र भारतको सिको गर्दै मइन वत्ती र ढोलक बजाएर कोरोना भाईरस संक्रमणलाई भगाउने कोषिस गरेका हौ ।’ एक स्थानीयवासीले भने ।

‘टिकापुरका स्थानीय रमेश साउदले भने, ‘हामीले ७ बजेर ७ मिनेटमा घरको विद्युत अफ गरेर ९ मिनेटसम्म दियो र ढोलक बजायौ’ उनले भने । आजै सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सेती प्रादेशिक अस्पताल लाई कोरोना भाईरस उपचारको विशेष अस्पतालका रुपमा घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप