गैरसरकारी संस्था महासंघद्वारा राहत वितरण
आइतबार, २३ चैत २०७६, २१ : १७
काठमाडौं । राष्ट्रिय गैरसरकारी संस्था महासंघले कोरोनाभाइरसका कारण देश लकडाउनमा गएको बेला ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर तथा विपन्न बर्गलाई राहत वितरण गरेको छ ।
महासंघकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा काठमाडौँ वडा नं ९ मा बसोबास गर्ने मजदुरहरुलाई राहत वितरण गरिएको हो ।
गैरसरकारी संस्थाहरुलाई डलर खाने तर काम नगर्ने भन्ने आरोप लागिरहेको समयमा केही गरेर देखाउने समय आएको भन्दै पोखरेलले एकताबद्ध भई राहत वितरणमा क्रियाशिल हुने अनुरोध गरेकी छिन् ।
महासंघले आगामी दिनमा पनि राहत वितरण प्रक्रियालाई निरन्तरता दिने पोखरेलले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम
-
सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो