बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोनाबाट एकैदिन ४ जना नेपालीको मृत्यु

आइतबार, २३ चैत २०७६, २० : २८
आइतबार, २३ चैत २०७६

अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार  कोरोनाका कारण मृत्यु भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।

शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् ।

सबै न्युयोर्कमा बस्दै आएका थिए  । निधन भएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप