कोरोना रोकथामका लागि प्रदेश २ सरकारलाई विज्ञ टोलीले दियो यस्तो सुझाव
जनकपुर । प्रदेश नम्बर २ मा मुख्यमन्त्री लालबाबु राउतले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले कोरोना महामारी नियन्त्रणका लागी चिकित्सकीय सामग्रीदेखि विशेष अस्पताल सञ्चालन गर्ने सुझावसहितको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । प्रतिवेदनमा चिकित्सकीय सामग्रीको प्रयोगदेखि सामग्रीहरुको उपलब्धता, कोरोना संक्रमितहरुको उपचारमा संलग्न हुने चिकित्सहरुको सुरक्षा, प्रोत्साहन भत्ता र विशेष अस्पतालको निर्माण सहितका सुझावहरुलाई समेटिएको छ ।
उक्त प्रतिवेदनमा उपचारमा आवश्यक पर्ने थप सामग्रीहरु, समान्य बिरामीको जाँचमा अप्नाइनुपर्ने उपायहरु समेतका विषयलाई समेटिएको प्रदेश सरकारको दावी छ । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले त्यसमा उल्लेख रहेका सुझावहरु सतप्रतिशत कार्यान्वय गरिने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिवेदनमा पीपिई, मास्क र पञ्जा लगाउने विषयमा समेत स्पष्ट व्यवस्था गरिएको जनाइएको छ । प्रतिवेदनमार्फत सर्वसाधारणलाई कपडाको मास्क, सामान्य बिरामीको जाँचमा सहभागी हुनेलाई पञ्जा र सर्जिकल मास्क तथा कोरोनाको विशेष उपचारमा संलग्न हुने चिकित्सकलाई मात्रै एन १५ मास्क तथा पीपिई प्रयोग गर्न विज्ञ टोलीले सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ