बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूर पश्चिम्मा कोरोनाको उच्च जोखिम देखिएपछि स्वास्थ्यमन्त्री ढकाललाई लेखकको फोन

आइतबार, २३ चैत २०७६, १९ : १४
आइतबार, २३ चैत २०७६


काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सुदूर पश्चिम् प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै तत्काल प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धि गर्न सरकारसँग आग्रह गरेका छन् । 

शनिबार मात्र कैलाली र कञ्चनपुरमा ३ जना कोरोना संक्रमण भेटिएसँगै त्यस क्षेत्रमा महामारी बढन सक्ने भएकाले रोकथामको लागि सरकारले तत्काल प्रयोगशाला र गुणस्तर वृद्धि गर्नुपर्ने सुझाव दिएका हुन्  ।

नेता लेखकले ट्वीट गर्दै भनेका छन् बढी टेस्ट गर्न प्रयोगशाला ,अस्पतालको क्षमता र सामग्री पुगेन, थप  गरौ । 

त्यस्तै नेता लेखकले सरकारले लकडाउनलाई कडा गरि पालिकामा समेत आवतजावतमा लगाएको बन्देज सकारात्मक रहेकाले पालना गर्न र कडाई साथ लागू गर्नुपर्नेमा जोड दिए ।

सुदूर पश्चिमको पछिल्लो अवस्थाका  र सरकारको तर्फबाट भएका प्रयासका बारेमा नेता लेखक र स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबीच टेलिफिन मार्फत कुराकानी  भएको छ । 

कुराकानीका क्रममा  नेता लेखकले सुदुर पश्चिममा लाखौँको संख्यामा छिमेकी मुलुकबाट स्वदेश आएका र प्रयोगशाला , उपकरण र जनशक्तिको अभावका कारण  न्यून संख्यामा मात्र परिक्षण भएकोले दैनिक कम्तिमा ५०० जना सम्मको परिक्षणको ब्यवस्था मिलाउन सुझाव दिएका थिए ।

मन्त्री ढकालले पनि सुझावलाई सकारात्मक रुपमा लिइ सुदूर  पश्चिममा  आवश्यक उपकरण र जनशक्तिको ब्यवस्था र परिक्षणको दायरा बढाउन सरकारले  आवश्वक प्रक्रियाअघि बढाउने आश्वासन दिएको लेखकका स्वकीय  सचिब जनक भट्टले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप