शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

आइतबार, २३ चैत २०७६, १८ : ४५
आइतबार, २३ चैत २०७६

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बुटवलबाट कपिलबस्तुतर्फ आउँदै गरेको लु १ च ७४९७ नम्बरको एम्बुलेन्स रुपन्देहीको सैनामैना वडा न ९ संगमटोलमा दुर्घटना हुदाँ ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिए ।

घाइते हुनेमा कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका वडा न ३ बस्ने वर्ष २२ का तारिक शाह, दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका वडा न १५ बस्ने वर्ष ३० का अमर थापा, सोही ठाउँ बस्ने २९ वर्षीय डिल्लीराज राउत घाइते भएका हुन् । उनीहरुको सैनामैना नै उपचार भइरेहको प्रहरीले जनाएको छ । चालकसहित एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप