शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ मा कोरोनाको सूचना संकलन र सम्प्रेषण गर्न एप संचालन

आइतबार, २३ चैत २०७६, १८ : ००
आइतबार, २३ चैत २०७६

बुटवल । प्रदेश ५ मा कोरोनासम्बन्धी सूचना संकलन र सम्प्रेषणका लागि मोबाइल एप तयार गरिएको छ ।

प्रदेश ५ सरकारले सूचना संकलन र सम्प्रेषण गर्ने गरी कोभिड–१९ ट्रयाकिङ तथा सूचना प्रणाली नामक एप निर्माण गरेको जनाएको छ ।

  मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले कोरानासम्बन्धी सम्पूर्ण सूचना एकीकृत गर्ने गरी मोबाइल एप निर्माण गरेको जनाएइका छन् । 

एपमार्फत आफ्नो, परिवार र छरछिमेकका कोरोना भाइरससँग सम्बन्धित विवरण पठाउन समेत सरकारले अनुरोध गरेको छ ।  एपलाई आफ्नो मोबाइलमा डाउनलोड गरी साइन अप गरेपछि कोभिड १९ बारे आफ्नो तथा अरुको बारेमा विवरण पठाउन सकिने छ ।

 विदेशबाट नेपाल आएका व्यक्तिहरू क्वारेनटाइनमा बसे ÷नबसेको विवरण समेत यस एप मार्फत पठाउन सकिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ  । 

स्वास्थ्य विवरण संकलन हुने भएकाले स्वास्थ संस्थाहरूलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पु¥याउन सक्ने तथा कोरोना लक्षण देखिएका व्यक्तिहरूका विवरण पठाई उपचार तथा कोराना नियन्त्रण गर्नमा सहयोग पुग्ने भएकाले एप प्रभावकारी हुने विश्वास लिइएको छ ।  

एप सोमबारदेखि गुगल प्ले स्टोर र मुख्यमन्त्री कार्यालयको वेवसाइटबाट डाउन गर्न सकिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप