मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा ४ जनामा कोरोना संक्रमण भेटिएपछि मुख्यमन्त्रीको सम्बोधन, के–के भने ?

आइतबार, २३ चैत २०७६, १७ : ४८
आइतबार, २३ चैत २०७६

कैलाली । सुदूररपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सेती प्रादेशिक अस्पताललाई कोरोना भाइरसको उपचार गर्न विशेष अस्पतालका रुपमा घोषणा गरेको बताएका छन् । 
आइतबार सुदूरपश्चिमबासीलाई विशेष सम्वोधन गर्दे उनले सो कुरा बताएका हुन् । 

सुदूरपश्चिममा ४ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भइसकेको अवस्थामा उनले सामूहिक प्रयासले मात्रै कोरोनाबाट छुटकारा पाइने भएकाले लकडाउनलाई पूर्णरुपमा पालना गर्न र घरभित्रै बस्न आह्वान गरे । 
भारतबाट आएका नागरिकहरु तत्कल परिवार र  समाजसँग घुलमिल नभइ अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि उनले आग्रह गरे । 

उनले लकडाउन अवधिभर समस्यामा परेका मजदुर, असहाय, विपन्नका लागि सरकारले राहात उपलव्ध गराउन लागेको समेत बताए । 

भारतवाट आएका नागरिकको डाटा संकलन गरी क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने र लकडाउनको समयमा नेपाल प्रवेश गर्न नपाएका नागरिक लागि भारतीय अधिकारी र नेपालका अधिकारी बीच समन्वय भई नाकामा नै क्वारेन्टाइन निर्माण गरी व्यवस्थापन गरेको उनले बताए । 

सुदूरपश्चिम प्रदेशका ३ वटा अस्पतालमा कोरोना भाइरस परीक्षण ल्याव स्थापना गर्ने निर्णय अनुसार सेती प्रादेशिक अस्पतालमा निर्माण गरिसकेको र जिल्ला अस्पताल डोटी र बैतडीमा स्थापनाका लागि संघीय सरकारसँग कुरा भइरहेको जानकारी दिए । 

 क्वारेन्टाइनमा बसेका नागरिकको व्यवस्थापनसहित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कोरोना भाइरस संक्रमितको व्यवस्थापनका लागि प्रदेश सरकारले ४० करोडको कोष स्थापना गरेको बताउँदै सो कोषमा बैंक निजी क्षेत्र, संघसंस्था लगायतबाट  सहयोग जुटिरहेको बताए । 

साथै प्रदेशसरकारले क्वारेन्टाइन निर्माण लगायका अति आवश्यकीय वस्तुको व्यवस्थापनका लागि उपमहानगरपालिकालाई ५ लाख, नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाखका दरले वितरण गरेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप