बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबमा ४ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि

आइतबार, २३ चैत २०७६, १७ : २८
आइतबार, २३ चैत २०७६

साउदी अरबमा ४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो। आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण नेपाली दूतावास साउदीलाई उपलब्ध गराएको थियो। उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ।

आइतबारसम्म साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २३ सय ७० पुगेको छ । गत पछिल्लो २४ घण्टामा थप १४० जनामा संक्रमण देखिएको थियो। कूल संक्रमितहरुमध्ये हालसम्म ४२० जना निको भएका छन्  भने २९ जना संक्रमितको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप