शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत मैत्री संघद्वारा सरकारलाई पिपिइ सहयोग

आइतबार, २३ चैत २०७६, १७ : १५
आइतबार, २३ चैत २०७६

काठमाडौं । नेपाल–भारत मानव विकास एवं मैत्री संघले सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ सहयोग गरेको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको ३ सय थान पिपिई स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री मानन्धरले स्वास्थ्य मन्त्रालय पुगी कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री पीपीइ मन्त्री ढकाललाई हस्तान्तरण गरेका हुन् । पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले संघलाई धन्यवाद दिदै विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आव्हान पनि गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले कोरोना संक्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण स्वास्थ्य सामाग्री पिपिइले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए । उनले सरकारले टेकुमा मात्रै रहेको प्रयोगशालालाई विस्तार गरी प्रदेश प्रदेशमा पुर्याएको र अझै पनि आवश्यक सामाग्रीहरु पुर्याउने क्रममा रहेको उल्लेख गर्दे संकटको बेला हिलो छ्याप्ने काम छोडी महामारी विरुद्ध हातेमालो गर्न सबैलाई आव्हान गरे ।

उनले भने, ‘ अभावै अभावले छटपटिराखेका बेलामा सातवटै प्रदेशमा सामाग्री पुर्याइएको छ । हाम्रा आग्रह पूर्वाग्रह, हिलो छ्याप्ने कुराभन्दा माथि उठेर यो महामारीका विरुद्ध हातेमालो गरेर सबैलाई एकसाथ लड्नको निम्ति म हार्दिक आव्हान गर्न चाहन्छु ।’ पीपीइ सेटमा गाउन, भाइजर, पञ्जा, एप्रोन, मास्क लगायत सामान छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप