शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतको आग्रह

आइतबार, २३ चैत २०७६, १६ : ४०
आइतबार, २३ चैत २०७६

धनुषा ।  प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले  ‘कोभिड —१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गरेका छन् । उनले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि  प्रयास रहेको बताएका छन् ।

मुख्यमन्त्री राउतले चिकित्सक सुरक्षामा प्रदेश सरकार कुनै कन्जुस्याइँ नगर्ने बताउँदै कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अग्रसरताका लागि चिकित्सकलाई अनुरोध गर्नु भएको छ । प्रदेश सरकार चिकित्सकको बीमा, पिपीइलगायतका स्वास्थ्य सामग्री सहयोग गर्न तयार रहेको जानकारी दिए ।

मुख्यमन्त्री राउत महामारीको कठीन समयमा प्रदेश सरकारसँग भएको साधनका स्रोत उपलब्धका साथै पारिश्रमिकमा सतप्रतिशत वृद्धिलगायत सबै थोक सहयोग गर्न तत्पर रहेकाले नडराई सरकारको अभियानमा साथ दिन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप