बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारलाई विशेष प्याकेज र बीमाको व्यवस्था गर्न मधेशी पत्रकार समाजको माग

आइतबार, २३ चैत २०७६, १३ : २०
आइतबार, २३ चैत २०७६

जनकपुर । मधेशी पत्रकार समाजले कोरोना महामारीको जोखिम मोलेर सूचना प्रवाह गर्दै आएका पत्रकारहरुका लागि विशेष राहत प्याकेज र बीमाको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

आइतबार मधेश पत्रकार समाज नेपाल प्रदेश २ र धनुषा शाखाले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै विश्वसहित नेपाल समेत कोरोना भाइरस महामारीको अवस्था रहेका समयमा ज्यानको परवाह नगरी जोखिम मोलेर नागरिकलाई सूचना तथा सन्देश प्रवाह गर्ने पत्रकारलाई विशेष प्याकेज र बीमाको व्यवस्था गर्न माग गरेका हुन् ।

प्रदेश सरकार र संघीय सरकारले महामारीको बेला कार्यरत चिकित्सक, सुरक्षा निकाय  क्षेत्रमा खट्नेलाई बीमा र प्रोत्साहन स्वरुप थप रकम दिने लगायतका विभिन्न विशेष प्याकेजको व्यवस्था गर्नु सकारात्मक भएपनि पत्रकारलाई कुनै व्यवस्था नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउदैँ यस्तो माग गरिएको समाजका प्रदेश अध्यक्ष वीरेन्द्र रमणले जनाए ।

संवेदनशील अवस्थामा पत्रकारहरुले आ–आफ्नो पेसागत धर्म निर्वाह गर्दै जोखिम मोलेर पनि कार्यक्षेत्रमा अहोरात्र खट्दै आउनुपरेकाले उनीहरुलाई सुरक्षा आवश्यक रहेको समाजका धनुषा शाखाका अध्यक्ष सुभास कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप