बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इमरानले भने, ‘पाकिस्तानीले यस्तो मूर्खता नगरुन्’

आइतबार, २३ चैत २०७६, १० : ०५
आइतबार, २३ चैत २०७६

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या २८ सय पार भइसकेको छ । यसैबीच प्रधानमन्त्री इमरान खानले देशका जनतालाई पाकिस्तानीहरु कोरोनाभाइरसबाट प्रभावित हुँदैनन् भनेर मूर्खतापूर्ण सोच नपाल्न अपिल गरेका छन् ।

शनिबार कोरोनाभाइरस रोकथाम कोषको स्थापना गर्दै इमरान खानले भने, ‘मैले सोसल मिडियामा यस्ता धेरै पोष्ट देखेको छु जसमा अल्लाहले पाकिस्तानीलाई यसरी बनाएका छन् कि उनीहरुलाई कोरोनाभाइरसले छुँदैन भनिएको छ । आफूले आफैंलाई यस्तो भ्रममा नपार्नुहोस् । कोरोनाले कसैलाई पनि छोड्दैन ।’

प्रधानमन्त्रीले भने, ‘यस्तो मूर्खता नगर्नुहोस् र कोरोनाभाइरससँग लड्नका लागि आवश्यक सावधानी अपनाउनुहोस् ।’

इमरान खानले भने, ‘यदि तपाईंलाई केही पनि हुँदैन जस्तो लाग्छ भने न्यूयोर्कलाई हेर्नुहोस् । त्यहाँ कति धनी व्यक्ति बस्छन् होला, त्यहाँको स्थिती बुझ्नुहोस् त ।’

इमरान खानले आफ्नो देशमा कोरोनाभाइरसको दोहोरो चुनौती भएको बताएका छन् । उनले यसबारे जानकारी दिँदै भने, ‘एकाफर्त सरकारले यो भाइरसलाई रोक्नु छ अर्कोतर्फ देशका गरिब जनतालाई बचाउनु पनि छ ।’ उनले देशका कामदारलाई भोकै मर्न नदिने पनि  बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप