शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज– रक आइकन कर्ट कोबेनद्वारा आत्महत्या

आइतबार, २३ चैत २०७६, ०९ : ५१
आइतबार, २३ चैत २०७६

आज ५ अप्रिल । रक संगीतप्रेमीहरुका लागि निराशाको दिन । सन् १९९४ मा आधुनिक रकका आइकन कर्ट कोबेनले वासिङटनको सियाटलस्थित घरमा आत्महत्या गरेका थिए । यस आवासमा सेक्युरिटी सिस्टम जडान गर्न पुगेका ग्यारी स्मिथ नामक इलेक्ट्रिसियनले निर्भानाका लिड गायक कोबेनको शव फेला परेका थिए ।

यस घटनाको परिस्थितीमाथि कतिपयले प्रश्न गरेका छन्, उनीहरुले कोबेनकी श्रीमती गायिका तथा अभिनेत्री कोर्टनी लभले जिम्मेवारी लिनुपर्ने समेत बताएका थिए । दुई पुस्तक जसमध्ये एक कोर्टनीकै बाबुले लेखेका थिए र एक वृत्तचित्र ‘कर्ट एन्डी कोर्टनी’ मा यसबारे चर्चा गरिएको छ । यहाँ, कोबेनले आत्महत्या गरेको र हत्यामा लभलाई मुछ्ने प्रयास भएको उल्लेख छ ।

ड्रग्सका अम्मली कोबेन आत्महत्या गर्नुभन्दा अघि अत्याधिक ड्रग्स सेवन गर्न थालेका थिए । सियटलस्थित घरमा उनले आफैंलाई मार्ने चेतावनी दिएपछि श्रीमतीले प्रहरी गुहार्नुपरेको थियो । श्रीमती र साथीभाईले उनी नियन्त्रणबाहिर गएको देखेपछि सुधार्नका लागि धेरै कोसिस गरे । कोबेनले यस्ता चिन्तालाई धेरैपटक बेवास्ता गरे, तर मार्चमा एकपटक लस एन्जलसस्थित एक सुधार गृहमा परीक्षणका लागि गएका थिए ।

३० मार्चमा कोबेन आफ्ना परिवार र साथीभाईलाई थाहै नदिई सुधार गृहबाट भागे । श्रीमान् अनियन्त्रित भएपछि बाध्य भएर परिस्थिती सम्हाल्न ३ अप्रिलमा लभले निजी अनुसन्धानकर्तालाई अनुबन्धमा लिइन् । ४ अप्रिलमा यी परामर्शदाताले कोबेनलाई फकाउने कोसिस गरेका थिए, तर कोबेन सुधारगृह फर्कन मानेनन् ।

बरु, यो समय उनले आफ्नो सुरक्षाका लागि बन्दूक खरिद गरिदिन साथीलाई मनाएका थिए । ५ अप्रिलमा उनी घर फर्किए । उनले अत्यधिक ड्रग्स सेवन गरेका थिए । ३ दिनपछि कोबेनको शव  सुसाइड नोट दुबै भेटियो । ग्यारेजमाथिको अपार्टमेन्टमा रहेको सुसाइड नोटमा निल योङको लिरिक्स उल्लेख थियो, ‘धमिलो भएर बिलाउनुभन्दा जलेर सकिनु राम्रो ।’

२७ वर्षको उमेरमै मृत्युवरण गरेका कोबेन ‘अल्टरनेटिभ संगीत’ इतिहासमा प्रभावशाली रक गायक मानिन्छन् । क्रिस्ट नोभोसेलिक, डेभ ग्रोहल सम्मिलित निर्भाना ब्यान्डमा कोबेन लिड गायक तथा गिटारिस्ट थिए, १९९१ मा सार्वजनिक ‘नेभरल्यान्ड’ एल्बममा समावेश ‘स्मेल्स लाइक टिन स्पिरिट’ ले निर्भानालाई विश्वव्यापी चर्चामा तानेको थियो । ‘ब्ल्यिु’, ‘टेरिटोरील पिसिङ्ग्स’, ‘रेप मी’, ‘स्यापी’, ‘पोल्ली’, ‘स्कुल’ लगायत कोबेन दर्जनौं गीत हिट छन् ।

महत्वपूर्ण घटनाक्रम

१९५५ मा बेलायतका प्रधानमन्त्री विस्टन चर्चितद्वारा राजीनामा ।

१९५७ मा ईएमएस निम्बुदरीपादले केरलाको मुख्यमन्त्रीका रुपमा शपथ लिए । निर्वाचनमा बहुमत हासिल गर्दैभारतमा कम्युनिष्ट पार्टी सत्तामा आएको यो पहिलो घटना थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप