आगलागीबाट झापा र चितवनमा पाँच घर जलेर नष्ट
झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । स्थानीय इलाका प्रहरी कार्यालयका अनुसार शनिबार बेलुकी ४ः१५ बजेबाट राईको घरबाट आगलागी शुरु भएको थियो ।
आगलागीमा परेकामध्ये झकडबहादुर भने यसअघिदेखि नै मेयर आवास क्षेत्रमा बसोबास गर्दै आएका थिए । आगलागी भएको थाहा पाएपछि दमक नगरपालिकाको दमकल साथै कनकाई सामुदायिक वनको खानेपानी ट्याङ्की र स्थानीयवासीको पहलमा निभाइएको थियो । आगलागीको कारण बुझ्न नपाइए पनि धूमपान सेवन गर्नेका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।
मुग्लिन–चितवनमा आगलागीबाट घर जलेर नष्ट हुदाँ दुई परिवार बिचल्लीमा परेका छन् । शनिबार बेलुका ४ बजेको समयमा चितवनको विकटमा रहेको इच्छाकमना गाउँपालिका–६ तुन्तेषमा कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको घर जलेर नष्ट भएपछि उनीहरुको परिवार बिचल्लीमा परेका हुन् ।
घरमा रहेको सोलार सर्ट भई दुईवटै घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीय यामबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट के–कति क्षति भयो यकिन नभए पनि घरमा रहेका खाद्यान्न कपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
अहिले उनीहरु छिमेकीको घरमा बसेका छन् । वडाध्यक्ष भुपेन्द्र चेपाङले पनि आगलागी भएको खबर आएको बताए । विकटमा रहेका कारण आइतबार मात्र सो स्थानमा पुगी क्षतिको विवरण सङ्कलन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ